शनिबार, जेठ ५, २०८१

१५ वर्षपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन जेल चलान

मेरोन्यूज २०८० भदौ ५ गते १३:४५

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा जेल चलान भएका छन् ।

Advertisement

निर्वासनको १५ वर्षपछि स्वदेश फर्किएका उनलाई विमानस्थलमा अवतरण हुँदा थाक्सिनलाई सयौं समर्थकले स्वागत गरेका थिए ।

उनलाई मंगलबार नै सर्वोच्च अदालत लगिएको थियो ।

आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा गएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा लिइएको थियो ।

थाइल्याण्डमा सैन्य कु भएसँगै उनी स्वनिर्वासनमा गएका थिए । उनीविरुद्ध दश वटा आपराधिक मुद्दा लगाइएका छन् ।

एजेन्सी

प्रतिक्रिया