सोमबार, वैशाख ३१, २०८१

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

मेरोन्यूज २०८० भदौ ४ गते १९:४०

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै अनुमोदन गरेको थियो ।

Advertisement

१८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । अब उनी २०८१ मंसिर २१ सम्म प्रधानन्यायाधीश रहनेछन् ।

श्रेष्ठको जन्ममिति २०१६ मंसिर २१ गते हो । ६५ वर्षको उमेर हदका कारण उनले २०८१ मंसिर २१ गते अवकाश पाउनेछन् ।

प्रतिक्रिया