शनिबार, जेठ ५, २०८१

राष्ट्रपति मुर्मु र उपराष्ट्रपति धनखरद्वारा शोक व्यक्त

मेरोन्यूज २०८० भदौ ३ गते १२:१५

राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरले शनिबार लद्दाखको लेह जिल्लामा सडक दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएकामा शोक व्यक्त गरेका छन् ।

Advertisement

सैनिक अधिकारी सवार ट्रक सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा उनीहरूको मृत्यु भएको थियो । राष्ट्रपति मुर्मुले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको बताउँदै दिवङ्गत सैनिकलाई उनीहरूको निःस्वार्थ बलिदानको लागि कृतज्ञताका साथ राष्ट्रले सधै सम्झने बताएका छन्।

“लेहमा भएको सडक दुर्घटनामा भारतीय सेनाका जवानहरूको ज्यान गएको थाहा पाउँदा गहिरो दुःख लागेको छ । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । भगवान्ले उहाँहरुलाई यो दुःख सहने शक्ति प्रदान गरुन् । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” राष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसैगरी उपराष्ट्रपति जगदीप धनखरले ज्यान गुमाएका सैनिकका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रतिरक्षा अधिकारीहरुका अनुसार आइतबार अपराह्न भएको उक्त दुर्घटनामा एक जना मात्र बाँचेका छन् ।

सेवा क्षेत्र अदलबदलका क्रममा आफ्ना सरसामान लिएर गइरहेका बेला उनीहरू दुर्घटनामा परेका हुन् । घाइते जवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पनि लद्दाखमा सेनाको ट्रक दुर्घटनमा मृत्यु भएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका शोकाकूल परिवारमा समवेदना व्यक्त गरेका छन्। साथै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रतिक्रिया