सोमबार, वैशाख ३१, २०८१

सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय

मेरोन्यूज २०८० भदौ ३ गते १२:०१

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि (सोमबार)देखि सुरु हुने भएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान साढे ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

Advertisement

त्यसअघि बिहान साढे १० बजे उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय भएको बताइएको छ । गत साउन २३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय राखेर श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो । सोहि महिनाको १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया