शनिबार, जेठ ५, २०८१

सात शिशुको हत्या गरेको अभियोगमा नर्स दोषी ठहर

मेरोन्यूज २०८० भदौ २ गते ९:५१

लण्डन । सात नवजात शिशुको हत्या गरेको र अन्य छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतकी एक नर्स शुक्रबार दोषी ठहरिएकी छन् ।

Advertisement

गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको थियो ।

उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाई र छलफलपछि फैसला सुनाएको हो ।

सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म उत्तरपश्चिम इङ्ल्यान्डको काउन्टेस अफ चेस्टर अस्पतालको नवजात शिशुको मृत्यु भएपछि लेट्बीलाई पक्राउ गरिएको थियो ।

“लुसी लेट्बीलाई सबैभन्दा कमजोर बच्चाहरूको सुरक्षाको जिम्मा दिइएको थियो । उनीसँगै काम गर्नेहरूलाई उनीहरूको बीचमा एउटा हत्यारा छ भन्ने थाहा थिएन,” वरिष्ठ क्राउन अभियोजक पास्केल जोन्सले एक बयानमा भनेका छन् ।

अभियोजकले भनेका छन् , “पटक–पटक उनले बच्चालाई यस्तो वातावरणमा हानि पुर्याएकी थिइन्, जुन वातावरण उनीहरू र उनीहरूका परिवारका लागि सुरक्षित हुनुपर्थ्यो । यो हत्याले उनीमाथि गरिएको विश्वासमा पूर्ण विश्वासघात गरेको ठहर हुन्छ ।”

प्रतिक्रिया