शनिबार, जेठ ५, २०८१

कोशीमा उपसभामुखले पनि देलिन् राजीनामा ?

उपसभामुख, एमाले दलका नेतालगायत प्रदेश सांसद संविधानविद्सँग परामर्श लिन काठमाडौंमा

शितल शर्मा २०८० साउन ३२ गते ७:३०

काठमाडौं । कोशी प्रदेशमा सत्ता राजनीतिको फन्डाले ब्यवस्थापिका संसदको सभामुख फालाफाल छ । तलमाथी केही नभए अघिपछि भए ढुक्कैले ५ वर्ष पद जोगिने र ब्यवस्थापिकामा सभामुखको निर्णायक भूमिका रहने भएकोले पनि उक्त पद दलहरुका लागि आकर्षक नै थियो ।

Advertisement

तर कोशीमा भने त्यहाँको सत्ता समिकरणमा निर्माण भएको जठिल अंकगणितले सभामखु पद न सत्तापक्ष, न प्रतिपक्ष कसैलाई पनि चाहिएको छैन । सभामुख पद त्यागेर सत्ता राजनीतिकै लागि बाबुराम गौतमले प्रदेशको मन्त्री स्वीकारेपछि अहिले कोशीमा सभामुख पद रिक्त छ ।

उपसभामुखमा सिर्जना दनुवार छिन् । उनी प्रदेश सभामा एमालेबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । तर एमालेले पनि सत्तागठबन्धनले जस्तै सत्ता राजनीतिको केन्द्र बनाउन खोज्दा उनको पद पनि जोखिममा छ । भलै, उनले प्रदेश सभाको सभामुख नरहेको अवस्थामा आफुमाथी आईपरेको जिम्मेवारी सहज बहन गरेर सभामुखको पन िभूमिका निर्वाह गर्ने बताएकी छिन् । तर उनलाई पनि माओवादी केन्द्रले बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गराएझै एमालेले राजीनामा गराउने चर्चा छ ।

उपसभामुख दनुवारलाई राजीनामा गराउने या के गर्ने भन्ने विषयमा कोशीमा होइन, काठमाडौंमा छलफल केन्द्रीत छ । त्यसका लागि एमालेका शीर्ष नेताहरु, कोशीका एमाले दलका नेताहरु र एमाले निकट कानुन ब्यवसायीहरुको अहिले काठमाडौंमा बाक्लो छलफल चलेको छ ।

उपसभामुख दनुवारले सोमबार सार्वजनिक सूचना जारी गरी भदौ १ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाएकी छन् । बिहीबार (आज) दिउँसो २ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत उनले बोलाएकी छिन् । तर भोलिका लागि बोलाइएको प्रदेश सभा बैठक र उपसभामुखको राजीनामा लगायतका विषयमा छलफल गर्न एमाले संसदीय दलका नेता हिक्मतवहादुर कार्की यतिवेला काठमाडौंमा छन् । भदौ १ अगाडि नै दनुवारलाई पदबाट राजीनामा गराउने वा नगराउने विषयमा उपसभामुख, दलका नेता कार्कीलगायत प्रदेश सांसद संविधानविद्सँग परामर्श लिन काठमाडौंमा छन् ।

यसले उपसभामुख दनुवारको पद पनि जोखिममा छ ।

सभामखु सत्ता या प्रतिपक्ष कसैले पनि लिनै नचाहने र बाहालवाला उपसभामुखलाई पनि राजीनामा गराउने वा के गर्ने भन्ने यी सबै विषय त्यहाँको सत्ता राजनीतिको तमासा बनिरहेको छ । कोशी प्रदेश सभामा आगामी भदौं १३ भित्र मुख्यमन्त्री उद्धब थापाले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर उनीसँग अहिले प्रष्ठ बहुमत ४७ सांसदको साथ भएपनि प्रदेश सभा बैठक सञ्चालनका लागि उपसभामुख अनुपस्थित भईदिए वा उनले राजीनामा दिए उनका लागि जोखिम छ ।


९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ तथा प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र प्रतिपक्षी राप्रपाका ६ सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन र बजेटको प्रतिस्थापन विधेयक पारित गराउन ४७ सदस्यको समर्थन आवश्यक छ । सत्तारूढ गठबन्धन दलसँग बहुमत ४७ सदस्य छन् तर त्यो बहुमत उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहने जटिल परिस्थिति छ ।

जसकाकारण पनि उपसभामुखले के गलिन् ? अहिले सबैको नजर उनको कमदप्रति छ ।

उपसभामुख आफ्नो भूमिकाबाट भागेर अनुपस्थित भए यसअघि प्रदेशसभाले गठन गरेको ४ सदस्यीय अध्यक्ष मण्डलका सदस्यमध्येबाट वर्णानुक्रम वा ज्येष्ठताका आधारमा एक जनाले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने हुन्छ । अध्यक्ष मण्डलमा कांग्रेसका प्रदेश सांसद इस्राइल मन्सुरी, माओवादीकी गीता तिम्सिना, राप्रपाका अम्बरबहादुर बिष्ट र एमालेकी मालतीकुमारी लिम्बू छन् । तर विपक्षी गठबन्धनमा रहेका एमाले र राप्रपाका ती सांसद पनि अनुपस्थित भईदिए कांग्रेस या माओवादीकै सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

त्यस्तो बेला पनि सरकार टिकाउनका लागि आवश्यक पर्ने ४७ सांसद मुख्यमन्त्री कार्कीको पक्षमा हुँदैन । तर सत्तापक्षले उपसभामुखले राजीनामा नदिने, तर जिम्मेवारीबाट भागेर मुख्यमन्त्रीले विश्वासको मत लिनेबेला अनुपस्थित भईदिए बैठकको अध्यक्षता गर्ने सत्तापक्षकै सांसदले पनि मत हालेर ४७ मत पुराउने दाउमा सत्तापक्ष छ ।

यस्तो बेला कानुनी प्रश्न उठेपनि उपसभामुखले पनि जिम्मेवारी बहन नगरेको प्रश्न उठाएर अदालतले आफु नेतृत्वको सरकारलाई नै बैद्यता दिने बुझाईमा सत्ता पक्षका नेताहरु देखिन्छन् । यो जटिल परिस्थिती देखेपछि नै विपक्षी गठबन्धनका प्रदेश दलका नेता तथा संसदहरु काठमाडौंमा परामर्शका लागि आएका हुन् ।

उनीहरुले त्यस्तो अवस्थामा उपसभामुखलाई पहिले नै राजीनामा गराउन सक्ने सम्भाबना रहेको एमालेका एक प्रदेश सभा सांसदले बताए ।

तर उपसभामुखले भने आफुले राजीनामा नदिने बताईरहेकी छिन् । तर एमालेबाट निर्वाचित भएकीले उनलाई पार्टीले प्रेसर गरेर भएपनि राजीनामा दिन लगाउने र उनले सहज राजीनामा दिने बुझाई कोशीमा छ । जसकाकारण उपसभामुख सिर्जना दनुवारले के गर्लिन् अहिले सबैको नजर उनको कमदतिरै छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया