शुक्रबार, जेठ ४, २०८१

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

मेरोन्यूज २०८० साउन ३१ गते ११:०९
फाइल तस्बिर

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ।

Advertisement

आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको हो।

बैठकमा एमालेले संसदमा जारी राखेको गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वास लगायत विषयमा छलफल भइरहेको बुझिएको छ ।

संसद्‌को गतिरोध अन्त्य, ललिता निवास तथा सुन प्रकरणलगायत विषयमा बैठकले साझा धारणा बनाउने बताइएको छ।

सोमबार बसेको बैठकले आपसी अविश्वासलाई हल गर्दै वर्तमान गठबन्धन कायमै राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया