शुक्रबार, जेठ ४, २०८१

मुलुकको वर्तमान अर्थतन्त्रबारे बोल्दै ओली

मेरोन्यूज २०८० साउन ३१ गते १०:३४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

Advertisement

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा मुलुकको वर्तमान अर्थतन्त्रको समस्या र समाधानका बिषयमा छलफल गर्ने भएको हो ।

कार्यक्रममा एमालेका पूर्वअर्थमन्त्री, अर्थविद्‌हरु समेतले अर्थतन्त्रको अवस्थाबारे जानाकारी गराउने छन्।

कार्यक्रम बुधबार बेलुकी ५ बजे हाेटल रेडिसन, लाजिम्पाटमा बस्ने जनाइएकाे छ ।

प्रतिक्रिया