शुक्रबार, जेठ ४, २०८१

चिनियाँ सेनाको टोली काठमाडाैं आउँदै

मेरोन्यूज २०८० साउन ३१ गते ९:४६

काठमाडौं । चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ । चीनको तिब्बत मिलिट्री कमाण्डका डेपुटी कमाण्डर यु एन दे नेतृत्वको टोली ५ दिने भ्रमणका लागि आज दिउँसो काठमाडौं आउन लागेको हो ।

Advertisement

नेपालसँग सिमा जोडिएको तिव्वतका उच्च तहका सैनिक अधिकारी कोभिडपछि नेपाल आउन लागेको यो पहिलो भ्रमण हो ।

काठमाण्डौं आज आउन लागेका युले सहितको टोलिले प्रधानमन्त्री प्रचण्ड , रक्षामन्त्री पुर्ण बहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपाली सेनाको शिवपुरीस्थित कमाण्ड तथा स्टाफ कलेजमा भ्रमण गर्ने समेत कार्यक्रम रहेको बुझिएको छ ।

भ्रमणको क्रममा नेपाल र चीनबीच रोकिएको सैन्य अभ्यास र सैनिक सहकार्यका विषयमा समेत छलफल हुने कार्यक्रम रहेकाे बताइएकाे छ । साथै चीनबाट खरिद गर्न लागिएको एपीसी र सैनिक सामाग्रीको विषयमा समेत छलफल हुनेछ ।

सेनाले चीनबाट ल्याउन लागेको ७ अर्ब बराबरको सैनिक सामाग्री अहिले विवादका कारण रोकिएको छ । प्रधानसेनापति प्रभुराम शर्मा पनि चीन भ्रमणमा जाने तयारीमा छन् । उनले यसअघि भारत र अमेरिकाको भ्रमण गरेपनि चीन भ्रमणमा भने ढिलाई भइरहेको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणकै बेला शर्मा पनि बेइजिङ जाने तयारीमा छन् ।

प्रतिक्रिया