शुक्रबार, जेठ ४, २०८१

कोशीमा ८० वर्षीय मण्डल मन्त्री बन्दै, शपथ आजै

मेरोन्यूज २०८० साउन ३१ गते ९:१९

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बुधवार दोस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

Advertisement

उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । मण्डलले आजै बिहान ९ बजे सपथ लिने कार्यक्रम तय भएको बताइएको छ ।

थापाले यसअघि ४ मन्त्री नियुक्त गरिसकेका छन् । जसमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकस्कृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

कोशीको प्रदेश सभा बैठक भदौ १ गते दिनको १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया