शुक्रबार, जेठ ४, २०८१

प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जाने

मेरोन्यूज २०८० साउन ३० गते २०:१९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन आगामी भदौ ३० गते अमेरिका जाने भएका छन्।

Advertisement

मंगलबार सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले आफू भदौ ३० अर्थात सेप्टेम्बर १६ तारिखमा अमेरिका गएर असोज ४ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने जानकारी दिएका हुन्।

उनी ५ दिनसम्म अमेरिकामा रहनेछन्। न्यूयोर्कबाट सिधै चीनको बेइजिङतर्फ असोज ५ गते बेलुका चीनका लागि उड्ने दाहालले जानकारी दिए । दाहालले चिनमा आफू असोज ६ र ७ गते त्यहाँ राजनीतिक भेटघाटमा जुट्ने बताए ।

चीन भ्रमणका क्रममा क्रस बोर्डर ट्रान्समिसन विद्युत् लाइन निर्माणबारे सम्झौता गर्ने उनले बताए।

संखुवासभामा पर्ने माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा चीनले चासो दिइरहेका बेला ट्रान्समिसन लाइनमा पनि सम्झौता हुन लागेको हो।

भ्रमणका क्रममा सन् २०१७ मै सम्झौता भइसकेको बेल्ट एन्ड रोड इनिसियटिभलाई अघि बढाउनेबारे पनि दुई देशले योजना बनाउने उनले बताए। बीआरआईमार्फत नेपालमा विकास परियोजना अघि बढाउने तयारी भएको उनले बताए।

प्रतिक्रिया