शुक्रबार, जेठ ४, २०८१

एमाले अध्यक्ष ओली र नेता रावलबीच भेटवार्ता

मेरोन्यूज २०८० साउन ३० गते १७:५७

काठमाडौँ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा असन्तुष्ट रहेका एमाले नेता भीम रावललाई भेटवार्ता गरेका छन् । अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।

Advertisement

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय नभएको बेलामा ओलीले रावललाई भेटेका हुन् । महाधिवेशनमा रावल ओलीको चाहानाविपरित ओलीसँग अध्यक्षमा प्रतिस्पर्धामा उत्रिएपछि दुई नेताबीच सम्बन्धमा दरार आएको थियो ।

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भए पनि त्यसपछि पुनः कुनै छलफल भएको थिएन ।

यो अवस्थामा ओलीले रावललाई भेटेपछि कुनै जिम्मेवारी प्रदान गर्न लागेका त होइनन् भन्ने चर्चा परिचर्चा सुरु भएको छ ।

प्रतिक्रिया