शुक्रबार, जेठ ४, २०८१

प्रधानमन्त्रीले भने- महरा र छोरालाई आजभोलिमै छानबिन अघि बढ्छ

मेरोन्यूज २०८० साउन ३० गते १७:०२

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि आजभोलि नै सीआईबीले छानबिन अघि बढाउने बताएका छन्।

Advertisement

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरुसंगको छलफलमा प्रधानमन्त्रीले महरा बाबु छोारमाथी सीआइबीले अब छानबिन प्रक्रिया अगाडबी बढाउने बताएका हुन् ।

‘उपाध्यक्ष महरा र छोरालाई छानबिन गर्नुस् भनेर निर्देशन दिइसकेको छु’, प्रधानमन्त्रीले भने ‘अब आजभोलिमै छानबिन अघि बढ्छ।’

महरा इलेक्टोनिक सिगरेट (भेप) ९ किलो प्रकरणमा जोडिएका छन् । महराले सुनकाण्डमा आफू नजोडिएको बताए पनि केन्द्रीय अनुसन्धान ब्युरोको रिपोर्टमा बाबुछोराकै नाम आएकाले यसको अनुसन्धान अघि बढ्ने बताए।

उनले यसबारेमा आफूहरुले सीआईबीलाई सोध्दा महरा दोषी नभएको तर नाम जोडिएको जवाफ आएको सुनाए। त्यसपछि आफैंले बयान नलिएकोबारेमा सीआईबीलाई सोधेको प्रचण्डले बताए। अब सीआईबीले महरालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाउन लागेको उनले बताए।

सीआईबीले यो मुद्दा अल्झाइरहनु भन्दा छिटो प्रक्रियामा लैजाँदा राम्रो हुने आफ्नो धारणा रहेको प्रधानमन्त्रीले बताए। महरालाई जोगाउने नाममा कसैले पनि कुनै भूमिका नखेलेको उनको भनाइ थियो।

प्रतिक्रिया