शुक्रबार, जेठ ४, २०८१

सुन प्रकरणमा ठूला- ठूला मान्छेहरुको संग्लन्नता देखिन्छ : प्रधानमन्त्री

यो ललिता निवास प्रकरण र संसद्‍ नखोल्ने कुरा कतै जोडिएको जस्तो देख्छु म

मेरोन्यूज २०८० साउन ३० गते १६:५३


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा ठूला ठूला मान्छेहरुको संग्लन्नता रहेको देखिएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरुसँग कुरा गदैं प्रधानमन्त्रीले कर्मचारी, नेता र पुलिससम्मका ठूला मान्छेहरुको संग्लन्नता सुन प्रकरणमा देखिएको बताएका हुन् ।
‘सुन प्रकरणमा ठूला ठूला मान्छे संलग्न देखिन्छ, कर्मचारी नेता र पुलिस पनि।’ प्रधानमन्त्रीले भने । तर यसबारेमा प्रधानमन्त्रीप्ले सीआईबीले अनुसनधान गरिरहेकोले थप टिप्पणी आफुले नगर्ने बताए ।

Advertisement

उनले सुनको अनुसन्धानलाई रोक्न अहिले खोजिएको तर यो नरोकिने बताए । सरकारमा नभएको तत्वबाटै उक्त काम भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

‘तर सुनको अनुसन्धानलाई कसै न कसैले रोक्न खोजेको छ। जो सरकारमा छैन,’ प्रचण्डले भने, ‘एयरपोर्टबाट दिनदिनै सय केजी सुन तस्करी हुन्छ। एउटा देशबाट आउँछ, अर्कोमा जान्छ। त्यो ६० केजी पक्रिएपछि धेरै ठूलो संलग्नता देखिएपछि सीआईबीलाई दिइएको हो।’

एनले सुन प्रकरणमा पक्राउ गरेकोमा देशले नै जय गर्नुपर्नेमा संसद अवरोध भइएरहेकोमा दुखेसो पोखे ।

‘यो त देशले नयाँ जय गर्नपर्ने विषय हो। तर सुन पक्रिएकोमा संसद् अवरुद्ध भएको छ।’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण र संसद्‍मा अवरोधबीच केही न केही कडी जोडिएको हुन सक्ने आशंका ब्यक्त गरे । उनले भने –‘यो ललिता निवास प्रकरण र संसद्‍ नखोल्ने कुरा कतै जोडिएको जस्तो देख्छु म । संविधान डिरेल गर्ने, संसद् विघटन गराउनेतिर कसैले लागेको जस्तो देखियो। तर त्यो सफल हुन्न।’

प्रतिक्रिया