शुक्रबार, जेठ ४, २०८१

गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान अगाडी बढ्छ : प्रधानमन्त्री

मेरोन्यूज २०८० साउन ३० गते १६:४०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान प्रक्रिया अगाडी बढ्ने बताएका छन् ।

Advertisement

सम्पादकहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार छलफल गदैं प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन प्रक्रिया अगाडी बढ्ने बताएका हुन् ।

केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टि स्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो ।

प्रतिक्रिया