शुक्रबार, जेठ ४, २०८१

किन टीकापुर गए बाबुराम भट्टराई ?

मेरोन्यूज २०८० साउन ३० गते १५:०५

कैलाली । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई कैलालीकाे टीकापुर गएका छन् । आइतबार टीकापुर पुगेका उनले त्यहाँका विभिन्न क्याम्पस, पुस्तकालय, सार्वजनिक सँस्थाहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेकाे नेपाल समाजवादी पार्टीका सुदुरपश्चिम इन्चार्ज जनक शाहले जानकारी दिए ।

Advertisement

नेसपाको संगठन सुदृढीकरण अभियान अन्र्तगत कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् ।

आइतबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले अहिलेको खिचडी शासकीय स्वरुपले राजनीति स्थिरता नदिने र स्थिरता विना सुशासन कायम नहुने, सुशासन कायम नभए समृद्धि नआउने तर्क गरेका थिए ।

उनले भ्रष्टाचारका सवालमा थोरै छानविन मात्र भएको बताउँदै ठूला भ्रष्टाचारका विषय आउन नसकेका बताएका थिए ।

भट्टराईले जनलोकपाल आवश्यक्ताको कुरा आफुले उठाएको बताउँदै प्रत्यक्ष संसदबाट उत्तरदायी हुने गरी स्वतन्त्र ढंगले छानविन गर्ने संस्था बनाए मात्र भ्रष्टाचार न्यूनिकरण गर्न सकिने बताएका थिए ।

सोमबार भएको प्रशिक्षण कार्यक्रमका मुख्य वक्ता रहेका अध्यक्ष भट्टराईले पार्टीको सैदान्तिक, बैचारिक र सांगठनिक बिस्तारबारे कार्यकर्तालाइ प्रशिक्षण दिएकाे इन्चार्ज शाहले जानएका छन् ।

उक्त प्रशिक्षण कार्यक्रम सकेर भट्टराइ सोमबार नै काठमाडौं फर्किएका थिए ।

प्रतिक्रिया