शुक्रबार, जेठ ४, २०८१

सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा

मेरोन्यूज २०८० साउन ३० गते १४:१४

काठमाडौं । सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि पूर्वसभामुख कृष्णबहादुर महराले सरकारलाई अनुसन्धानका लागि सहयोग गर्ने बताएका छन् । मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएको समाचार संचारमाध्यममा सार्वजनिक भएपछि उक्त अनुसन्धानमा सरकारलाई सहयोग गर्न आँफू तयार रहेको बताएका हुन् ।

Advertisement

नेपालमा भित्रिएको अवैध सुन प्रकरणमा आँफू सँधै अनुसन्धानलाई सहयोग गर्न सरकारलाई सहयोग गर्ने बताउँदै आएको उनले बताए । उनले सुन प्रकरणमा आँफूलाई अनुसन्धानका लागि बोलाउन भने पनि अहिले सम्म नबोलाएको उल्लेख गरे ।

सुन तस्करी प्रकरणमा नाम जोडिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको महराको भनाइ छ । महराले संचारमाध्यममा आएका समाचार सत्य नभएको पनि बताए । उनले टेलिफोन संवाद नभएको उल्लेख गर्दै चिनियाँ नागरिक वाङले एक जना व्यक्तीको इलोक्ट्रोनिक चुरोट भन्सार कार्यालयमा रोकिएकाले निकालिदिन अनुरोध गरेको समेत बताए ।

सुन तस्करीका विषयमा भन्सारका कर्मचारीहरुलाई कानुन अनुसार अघि बढाउन मिलेमात्र अघि बढाउनु नत्र रोक्न समेत आग्रह गरेको उनले बताए ।

प्रतिक्रिया