शुक्रबार, जेठ ४, २०८१

एमालेबाट केशव स्थापितसहित दुई केन्द्रीय सदस्य बिदा

मेरोन्यूज २०८० साउन ३० गते ९:५७

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य मणि थापाले पार्टीकामबाट बिदामा बसिरहेका बेला अर्का थप दुई जना केन्द्रीय सदस्यले पनि बिदा मागेका छन् । काठमाडौं महानगरपालिककामा एमालेका तर्फबाट उम्मेदवार बनेका र बालेन्द्र साहसँग पराजित भएका एमाले केन्द्रीय सदस्य केशव स्थापितसहित दुई केन्द्रीय सदस्यले पार्टीबाट बिदा लिएका हुन् ।

Advertisement

उनीहरुले पार्टीमा मागेको बिदालाई एमालेको केन्द्रीय सचिवालय बैठकले आइतबार अनुमोदन गरेको छ ।

केशव स्थापित र अर्का केन्द्रीय सदस्य सिराहाका प्रमोद नारायण यादवले पार्टीमा बिदा माग्नुभएको थियो, उहाँहरुलाइृ पार्टीबाट बिदा दिने निर्णय सोमबारको सचिवालय बैठकले गरेको छ, एमालेका एक पदाधिकारीले भने ।

एमालेका ती पदाधिकारीका अनुसार यादव र स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए । त्यसपछि उनीहरूको राजीनामा स्वीकृत गरिएको हो ।

प्रतिक्रिया