शुक्रबार, जेठ ४, २०८१

फोनकै आधारमा महरालाई दोषी करार गर्न मिल्दैन : गृहमन्त्री

मेरोन्यूज २०८० साउन २९ गते २१:१३

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर नेकपा (माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई दोषी करार गर्न नसकिने बताएका छन् ।

Advertisement

बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले सुन तस्करीमा महरा र उनका छोरा राहुलको पनि नाम मुछिएकोबारे जिज्ञासा राखेपछि गृहमन्त्री श्रेष्ठले त्यस्तो जवाफ फर्काएका नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । अनुसन्धान भने जारी रहेको श्रेष्ठले बताएका पाण्डेले जानकारी दिए ।

‘पूर्वसभामुखको पनि नाम जोडियो के हो ? भनेर कुरा राख्यौँ । जसमा गृहमन्त्रीले अनुसन्धानको क्रममा रहेको र फोनकै आधारमा दोषी हो भन्न नसकिने कुरा गर्नुभएको छ, पाण्डेले भने ।

प्रतिक्रिया