शुक्रबार, जेठ ४, २०८१

गौर हत्याकाण्डको छानबिन भए गठबन्धन छोड्ने उपेन्द्रको चेतावनी

मेरोन्यूज २०८० साउन २९ गते २१:००

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी दिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डबारे छानबिन भए सरकार र गठबन्धन छाड्ने चेतावनी दिएका हुन् ।

Advertisement

अध्यक्ष यादवले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छोड्ने चेतावनी दिएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

‘गौर हत्याकाण्डका बारेमा उठ्यो । जसपाका साथीहरूले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने, नरहने सोच्नुपर्छ भन्नेखालको शंकास्पद कुरा व्यक्त भएको छ । कानूनसम्मत ढंगले टुंग्याउने कुरा भएको छ,’ पाण्डेले भने ।

प्रतिक्रिया