शनिबार, जेठ ५, २०८१

सुन तस्करी प्रकरण

उच्चस्तरीय छानबिन समिति बनाउने एमालेको मागमा शेखर कोइरालाको समर्थन

मेरोन्यूज २०८० साउन २८ गते १४:५८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको प्रकरणमा एमालेको मागमा समर्थन जनाएका छन् । एमालेले माग गरेजस्तै डा. कोइरालाले पनि सुन तस्करी प्रकरणमा उत्तस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् ।

Advertisement

डा. कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गर्दै सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा डा. कोइरालाले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गरे । ‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरुी छ’ प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उनले भने, ‘त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ ?’

उनले राजश्व अनुसन्धान विभागले आफ्नै बोली विर्सिएको आरोप लगाए । ‘उहाँले के बोल्नुभयो ? सीआईबीलाई किन दिनुप¥यो, हामी नै सक्षम छौं भनेको बिर्सिनुभयो ?’ डा. कोइरालाले भने ।

नेता कोइरालाले नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले भन्दै नेतृत्वलाई प्रश्न गर्दै भने, ‘नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’

प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै असन्तुष्टि डा. कोइरालाले जनाए ।

मन्त्रीहरुको कामकारबाहीको कुरा नगर्ने बताएका नेता कोइरालाले ल्यारक्याल लामाहरुको नियुक्तिले पार्टीको छवि कमजोर भइरहेको छ भन्ने मन्त्रीहरुले बुझ्नुपर्ने बताए ।

प्रतिक्रिया