शुक्रबार, जेठ ४, २०८१

१३६ दिनपछि फेरि प्रचण्डकै सरकारमा ‘कमब्याक’ हुँदै जनमत

मन्त्रालयको टुंग्गो लाग्न बाँकी, कांग्रेसलाई संघीय मामिलामा सारेर उद्योग जनमतलाई दिनेबारे छलफल

मेरोन्यूज २०८० साउन २८ गते ८:२५

काठमाडौं । मधेसमा नयाँ राजनीतिक शक्तिका रुपमा उदाएको जनमत पार्टी संघीय सरकारमा १३६ दिनपछि फेरि कमब्याक हुँदैछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमतको यो दोस्रो इन्टी हो । यस अगाडी गत चैत १७ सम्म जनमत प्रचण्डको नेतृत्वको सरकारमा खानेपानी मन्त्रालय लिएर सहभागी भएको थियो ।

Advertisement


तर जनमतलाई मन्त्रालय भागवन्डा लगाउँदा मागेको मन्त्रालय नदिएको र अपहेलित गरेको भन्दै त्यसबेला जनमतले सरकार छोडेको थियो । त्यसबेला जनमतका अब्दुल खान खानेपानी मन्त्री थिए ।

त्यसपछि पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनमतलाई प्रधानमन्त्री प्रचण्डले गत असार अन्तिम साता सरकारमा ल्याउन मनाएका थिए । सरकारलाई समर्थन गरेपनि बजेट पारित गराउँदा जनमतले विपक्षमा मत दिएपछि प्रधानमन्त्री प्रचण्डले जनमतलाई मागेकै मन्त्रालय दिने र सरकारमा आएरै काम गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको त्यस्तो प्रस्ताव जनमतले स्वीकारेको थियो । त्यसपछि उसले गत असार २७ गते नै पार्टीका समानुपातिक तर्फका सांसद अनितादेवी साहलाई मन्त्री बनाउने गरि नाम टुंग्गो लगाएको थियो । तर त्यसको भोलिपल्टै प्रधानमन्त्रीको जीवनसाथी सीता दाहालको निधनले प्रधानमन्त्री शोकमा रहेको, त्यसपछि फेरि प्रधानमन्त्रीको इटाली भ्रमण, संसदमा प्रतिपक्षको जारी अवरोध लगायतका कारणले जनमतको सरकारमा प्रवेश ढिलाई भईरहेको थियो ।

तर गत सातामात्रै फेरि प्रधानमन्त्रीले मन्त्री बन्नेको नाम जनमतसँग मागेपछि औपचारिक रुपमा जनमतले अनितादेवीको नाम प्रधानमन्त्रीलाई बुझाएको थियो ।


त्यसपछि भने प्रधानमन्त्रीले उनलाई सरकारमा सहभागी गराउन एउटा मन्त्रालय खाली गराउनु पर्ने भएकाले एक साताको समय माग गरेका थिए । प्रधानमन्त्रीले आज भने आफनो पार्टीका तर्फबाट मन्त्री बनेका सम्भबत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई झिकेर जनमतकी अनितालाई सरकारमा सहभागी गराउँदैछन् ।

आजै साँझसम्म प्रधानमन्त्रीले जनमतकी साहलाई सरकारमा सहभागी गराउनेछन् । आजै जनमत फेरि सरकारमा सहभागी भयो भने उसको प्रचण्डकै यही सरकारमा १३६ दिनपछि दोहोरिएर इन्टी हुनेछ ।

जनमतलाई दिने मन्त्रालयका बारेमा भने प्रधानमन्त्रीले कुनै टुग्गो लगाईसकेका छैनन । जनमतले उधोग बाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी मन्त्रालय माग गरेको छ । कृर्षिमा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका बेदुराम भुसाल मन्त्री छन् । उधोगमा कांग्रेसका रमेश रिजाल मन्त्री छन् ।

प्रधानमन्त्रीले आफनो पार्टीका संघीय मामिला तथा समान्य प्रशासन वा सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमध्येबाट एकलाई झिक्ने तयारी गरेका छन् । तर संघीय मामिला मन्त्रीलाईनै प्रधानमन्त्रीले यो चरणमा बाहिर पठाउने अधिक सम्भाबना रहेको बालुवाटार स्रोतको भनाई छ ।

यसो भएमा संघीयमा कांग्रेसलाई सारेर जनमतलाई उधोग बाणिज्य मन्त्रालय दिने की भन्ने भित्री आन्न्तरिक छलफलमा पनि प्रधानमन्त्री छन् । तर यसबारेमा उनले चितवनबाट फर्केपछि कांग्रेस सभापति शेरवहादुर देउवासँग आन्तरिक परामर्श गरेर मात्र निर्णय लिने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ ।

मन्त्रालय टुग्गो नलागीसकेका कारण शित्तल निवासमा भने सपथका बारेमा अहिलेसम्म समयको भने कुनै जानकारी गराईसकिएको छैन । सपथ हुन सक्ने बारेमा मात्र अनौपचारिक जानकारी शित्तल निवासलाई गराइएको छ ।

प्रतिक्रिया