शुक्रबार, जेठ ४, २०८१

कांग्रेस संसदीय दलको बैठक आज बस्दैं

मेरोन्यूज २०८० साउन २८ गते ७:३७

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । शनिबारका लागि बोलाइएको बैठक कांग्रेसले आजका लागि सारेको थियो । बैठकमा पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुन लागेको हो । आइतबारको बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने छ ।

Advertisement

नक्कली सर्टिफिकेट प्रकरणमा डा. शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।

यो घटनामा कांग्रेसले भन्दा एमालेले सांसद शर्माको बचाउ गरेको र आफनो पार्टीका नेताको बचाउमा पार्टी लाग्न नसकेको आरोप लाग्दैं आएको छ ।

प्रतिक्रिया