शुक्रबार, जेठ ४, २०८१

ओलीले आइतबार दिउँसो विशेष पत्रकार सम्मेलन गर्ने

मेरोन्यूज २०८० साउन २७ गते १९:५३

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि आइतबार मध्यान्ह विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । उनले वर्तमान समसामायिक राजनीति, संसदको गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेको एमाले केन्द्रीय प्रचार विभागका सचिव गोकर्ण विष्टले जानकारी दिए ।

Advertisement

‘मध्यान्ह १२ बजेर ४५ मिनेटमा अध्यक्षले पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा विशेष पत्रकार सम्मेलन आयोजना गर्न लाग्नुभएको हो,’ सचिव विष्टले भने,-‘उहाँले उक्त पत्रकार सम्मेलनमा वर्तमान समसामायिक राजनीति, संसदको गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुहुनेछ ।’

प्रतिक्रिया