आइतबार, जेठ ६, २०८१

के छ साइबर सुरक्षा नीति २०८० मा ? (पूर्णपाठसहित)

मेरोन्यूज २०८० साउन २६ गते १३:१२

काठमाडाैं । सरकारले साइबर सुरक्षा नीति जारी गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको थियाे ।

Advertisement

नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएपछि अब साइबर सुरक्षा ऐन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र बनाउने बाटो खुलेको छ ।

यस नीतिमा इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई नियन्त्रण गरिने उल्लेख छ ।

यस्तै महिला, बालबालिका वा लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरूलाई निषेध गरिने भएको छ । नीतिमा सुरक्षित साइबर स्पेस बनाउने विषय पनि उल्लेख छ ।

इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवं भेदभावलाई नियन्त्रण गर्न कानुन बनाउने माग भइरहँदा सरकारले यस्तो नीति ल्याएको हो ।

पूर्णपाठ:

प्रतिक्रिया