मंगलबार, जेठ १, २०८१

टेकु र संखुवासभा घटनाबारे छानबिन गर्न गृहले बनायो छुट्टाछुट्टै समिति

मेरोन्यूज २०८० साउन २४ गते २०:३८

काठमाडौं । गृह मन्त्रालयले टेकु र संखुवासभामा भएका घटनाबारे छानबिन गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ । गृहमन्त्रालयले आज उपसचिवको नेतृत्वमा छुट्टाछुट्टै समिति बनाएको हो ।

Advertisement

अधिवक्ता भगवती पाण्डे शितलले दिएको अभिव्यक्तिविरुद्ध उनलाई कारबाही गर्नुपर्ने मागसहित तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका छन् । गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिहरूबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न १० दिनको समय तोकिएको छ।

समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन्।

त्यस्तै कारागार कार्यालय संखुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते कारागारभित्रै मृत्यु भएको सम्बन्धमा समेत सत्यतथ्य जाचबुझ गरी प्रतिवेदन पेश गर्न अर्को समिति गठन गरिएको प्रवक्ता भट्टराईले छुट्टै विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रतिनिधि सदस्य रहेको विज्ञपितमा उल्लेख छ । संघुवासभा घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पनि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।

प्रतिक्रिया