बिहीबार, जेठ ३, २०८१

बाढीले बगाउँदा सर्लाहीमा एक जनाको मृत्यु

मेरोन्यूज २०८० साउन २३ गते २०:५८

सर्लाही । सर्लाहीको बाँके खोलामा आएको बाढीले बगाउँदा हरिपूर्वा नगरपालिका–७ वसन्तपुर घर भएका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ ।

Advertisement

बाढीमा परेर बिहानदेखि हराएका चौधरीको शव दिउँसो बाँके खोलाको बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

हिजो सोमबार रातिदेखि लगातार परेको पानीले बाग्मती नदीमा आएको बाढीले हजरियाको खर्सालघाटमा रहेको खेतीयोग्य जमिन कटान गर्न थालेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया