शुक्रबार, जेठ ४, २०८१

मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्याे

मेरोन्यूज २०८० साउन २३ गते १०:०६

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ । आज बिहानैदेखि पहिरोका कारण दुबैतर्फ आवतजावत रोकिएको थियो ।

Advertisement

इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ ।

केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइने जनाइएकाे छ ।

प्रतिक्रिया