शुक्रबार, जेठ ४, २०८१

सुदूरपश्चिमका सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासियो

मेरोन्यूज २०८० साउन २३ गते ९:५५
फाइल तस्बिर

कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ ।

Advertisement

गोदावरी नगरपालिका ४ स्थित सडकमा पहिरो खसेपछि भासिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मंगलबार राति करिब ११ बजे पहिलो खसेपछि अवरुद्ध भएको उक्त सडक अझै सुचारु हुन सकेको छैन ।

पहाडी जिल्लाबाट आएका गाडी बाटाेमै राेकिएका छन् । अहिले पनि पहिराे खस्ने क्रम जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

गन्तव्यमा पुग्न नसकेपछी सयौँ यात्रुहरू अलपत्र परेका छन् । धनगढीबाट पहाडी सात जिल्लाका लागि छुटेका गाडी पनि रोकिएका छन् ।

पहिरोका कारण सडक समेत भासिएको छ ।

प्रतिक्रिया