बिहीबार, जेठ ३, २०८१

मकवानपुरमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु, ६ बेपत्ता

मेरोन्यूज २०८० साउन २३ गते ९:१२

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

Advertisement

साेमबार राती पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका हुन् । यस्तै एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बेपत्ता हुने ६ जनामध्ये ५ जना एकै परिवारका रहेको र एकजना पाहुना थिए।

बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ ।

प्रतिक्रिया