बिहीबार, जेठ ३, २०८१

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’

मेरोन्यूज २०८० साउन २२ गते १६:५४

काठमाडौँ । नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘क थ्रु’ भएको छ। नेपालकै पहिलो आधुनिक सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ब्रेक थ्रु गरेका हुन् ।

Advertisement

आयोजनाअन्तर्गत दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु र दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण भइरहेका छन्। त्यसमा मुख्य टनेलको भने पाँच सय ६ मिटर खण्ड खन्न बाँकी छ।

जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले आयोजना निर्माण गरिरहेको छ। २०१९ अक्टोबर २१ मा शिलान्यास भएको आयोजनाको साढे तीन वर्षमा सहायक सुरुङमार्गको ब्रेक थ्रु भएको हो ।

प्रतिक्रिया