आइतबार, जेठ ६, २०८१

विदेश जान माधव नेपाल ‘हिरिक्क’ !

असार १८ यतामात्रै माधव नेपालले आधा दर्जन देशको भ्रमण गरिसकेका छन्

शितल शर्मा २०८० साउन २२ गते १५:२९

काठमाडौं । विदेशमा तपाईं कुनै कार्यक्रम बनाउँदै हुनुहुन्छ ? नेपालका कुनै राजनीतिक दलका नेतालाई विदेशका ती कार्यक्रममा लैजान चाहानुहुन्छ ? पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई आग्रह गर्नुस् – फरक नै पदैन ।

Advertisement

नेपालमा विदेश जान भनेपछि यति मोह छ की, उनलाई विदेशमा आफु जान लागेको कार्यक्रम कस्तो हो ? कुन कार्यक्रममा आफु जान हुने नहुनेसम्मको समेत डिटेल नेपालले बुझदैनन । उनलाई मात्र निम्तो भए पुग्छ । खर्च ब्यहोरिदिने आयोजक भेटिनुपर्छ – माधव नेपाल विदेश जान भनेपछि खुट्टा उचिलिहाल्छन् भन्ने आरोप उनीमाथी लाग्ने गर्छ ।

माधव नेपाल आज मात्रै पनि १० दिन भन्दा लामो विदेश सयरमा निस्केका छन् । सर्वाेच्च अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा व्यक्तिका नाममा लैजान भएका निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेतका ‘निर्णयाधिकारी’ माथि नै अविलम्ब अनुसन्धान गर्न आदेश दिएका बेला उनी भने विदेश सयरमा निस्केका छन् ।

हुन त माधव नेपालको यो कार्यक्रम पूर्व तयारीको कार्यक्रम हो । संयोग यस्तो परेको छ की आइतबार मात्रै तत्कालिन प्रधानमन्त्रीको हैसियतमा नेपालले बालुवाटार जग्गाका विषयमा गरेको निर्णयलाइ पनि सर्वाेच्चले अविलम्ब अनुसन्धान गर्न आदेश दिएको भोलिपल्टै नेपाल भदौं १ सम्म देशभित्र नरहने गरी स्वीटजरल्यान्ड र यूरोपका अन्य देश र बेलायतसम्मको यात्राका लागि निस्केका छन् ।

एकातिर उनको पार्टीभित्र पहिरो नै जान थालेको छ । भएका नेता कार्यकर्ता धमाधम उनको पार्टीको साथ छोडेर फेरि एमाले फर्किने लहरो चलेको छ । पार्टीभित्रै सम्मानित नेता झलनाथ खनालले पार्टी दक्षिणपन्थी भासमा फसकेको र माओवादी केन्द्रको पिच्छलग्गु बनेको आरोप लगाइरहेका बेला नेपाल पार्टीभित्र उठेको बहसलाई समेत छोडेर यूरोपको भ्रमणमा निस्केका छन् ।

पार्टी स्थायी समिति बैठक आइतबार हतार हतारमा सकेर नेपाल सोमबार बिहानै स्वीटजरल्यान्डका लागि प्रस्थान गरेका हुन् । उनले भदौं १ मा आफु स्वदेश फर्केपछि पार्टी पोलिटब्यूरो बैठक बोलाउने आश्वासन दिएर हिँडेका छन् ।
उनले यो वर्ष अर्थात (२०८० साल) सरु भएपछि मात्रै पनि आधा दर्जन देशको भ्रमण गरिसकेका छन् ।

सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने( देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके।
कम्युनिस्टबारे प्रवचन दिन इन्डोनेसिया पुगेका
इन्डोनेसिया भ्रमण सकेर शनिबार मात्रै स्वदेश फर्किए । इन्डोनेसिया जाँदा नेपालले मलेसिया र सिंगापुरको समेत भ्रमण गर्दै राजनीतिक भेटघाट गर्न भ्याएका थिए ।

इन्डोनेसिया जानुअघि नेपाल श्रीलंकाबाट २१ असारमा मात्रै स्वदेश फर्किएका थिए । नेपाल श्रीलंकन कम्युनिस्ट पार्टीको ८० औं स्थापनाको अवसरमा सहभागी हुन पुगेका श्रीलंका पुगेका थिए ।

साउन २२ नेपाली प्रवासी एकता मञ्च यूरोपद्दारा स्वीटजरल्यान्ड लगायतका देशमा आयोजित कार्यक्र,ममा भाग लिन प्रस्थान । लन्डनसम्म पुगेर आउने । भदौं १ मा स्वदेश फर्किने । १८ असारमा श्रीलंकाको भ्रमणमा नेपाल निस्केका थिए । श्रीलंकन कम्युनिस्ट पार्टीको ८० औं स्थापनाको अवसरमा सहभागी हुन नेपाल त्यसबेला श्रीलंका पुगेर फर्केका थिए ।

श्रीलंकामा रहँदा उनले त्यहाँको राष्ट्र«पति र प्रधानमन्त्रीसँग भेट पनि गरेका थिए । त्यसपछि उनी फेरि ८ साउनमै इन्डोनेसिया भ्रमणमा निस्के । ‘विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदान’ विषयमा विचार व्यक्त गर्न नेपाल इन्डोनेसिया पुगेका थिए ।

त्यत्तैबाट उनले मलेसिया र सिंगापुर सम्मको भ्रमण पनि सके ।

फेरि उनी अहिले यूरोप भ्रमणमा निस्ेकका हुन् । प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनका लागि नेपाल अहिले यूरोप भ्रमणमा निस्केको उनको सचिवालयले जनाएको छ ।

‘हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहॅा जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा उहॅाको दृढ मान्यता रहेको छ। उहॅा भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।’ नेपाल यूरोप भ्रमणमा निस्ेकपछि उनको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ। हुन त ततकालिन नेकपा एमाले र माओवादी मिलेर नेकपा बन्दा पनि सवैभन्दा बढी विदेश चाहारिरहेने नेतामा नेपाल नै एक नम्बरमा थिए ।

अहिले पनि धेरै विदेश मोह नेपालले देखाएको र पार्टी भने लथालिंग छोडन थालेको उनको पार्टी एकीकृत समाजवादीभित्र उनीमाथी आरोप लाग्न थालेको छ । ‘पार्टीमा जेएन कमरेड (झलनाथ खनाल)ले गम्भिर विषय उठान गरेर बहस छोडनुभएको छ । नेता कार्यकर्तामा पहिरो जान थालेको छ । यस्तो संकटको घडीमा पार्टीको मूल नेतृत्व विदेश किन जाने ? महिनामा कति दिन विदेश बस्ने ? भ्रमणका उपलब्धि के हुने ? त्यसबाट मुलुक र पार्टीले के कति इज्जत(प्रतिष्ठा कमायो ? यसबारेमा अब उहाँ (नेपाल)ले सोच्नुपर्छ।’ एकीकृत समाजवादीका एक नेताले मेरोन्यूजसँग भने ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया