आइतबार, वैशाख १६, २०८१

ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

मेरोन्यूज २०८० साउन २१ गते २०:३६

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्य डा. ल्हारक्याल लामा नियुक्त भएका छन् ।

विवादास्पद पृष्ठभूमिका डा. लामालाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा लामालाई उपाध्यक्ष नियुक्त गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले उपाध्यक्षमा डा. लामालाई बनाउने गरी फाइल ल्याउन सस्कृतिमन्त्री किरातीलाई निर्देशन दिएका थिए । त्यही निर्देशन बमोजिम किरातीले फाइल लगेको एक मन्त्रीले जानकारी दिए ।

माओवादी केन्द्रीय सदस्य डा. लामा ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ परेर हिा भएका व्यक्ति हुन् ।

कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल १० साउनमा पूरा भएसँगै सो पद खाली थियो ।

प्रतिक्रिया