शुक्रबार, जेठ ४, २०८१

सामाखुसीबाट बेपत्ता भएका साजनको शव ११ दिनपछि भेटियो

मेरोन्यूज २०८० साउन १८ गते १८:५७

काठमाडौं । सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेका छन् । ।

Advertisement

बिहीबार दिउँसो ३ बजे साजनको शव दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो।

प्रहरीका अनुसार मुचुल्का सकेर पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको छ।

मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो।

प्रतिक्रिया