आइतबार, जेठ ६, २०८१

न्युनतम शुल्कमा पढ्न पाइने नेपालय, गुणस्तरीय शिक्षाको उपयुक्त थलो

नरेन्द्र रौले २०८० साउन १८ गते १२:५६

कलंकी चोकबाट पश्चिमतिर दुई मिनेट हिंड्ने बित्तिकै पुगिन्छ, नेपालय स्कुल तथा कलेज । कलंकी मन्दिरको ठिक विपरित स्थानमा अवस्थित नेपालयमा हाल १७ सय विद्यार्थीहरु अध्ययनरत छन् । गाडीबाट ओर्लेर धेरै हिंड्न नपर्ने र पायक पर्ने स्थानमा भएकाले यस भेगमा बसोबास गर्ने विद्यार्थीहरुको रोजाईमा नेपालय पर्दै आएको छ ।

Advertisement

२४ वर्ष अगाडी स्थापना भएको नेपालयमा न्युनतम शुल्कमा पढ्न पाइने र प्राइम लोकेसनका कारण पछिल्ला शैक्षिक सत्रमा भर्ना हुन आउने विद्यार्थीहरुको चाप बढेको छ ।

नेपालय कलेजमा हरेक संकायका विषयहरुको अध्ययनका लागि बेग्ला–बेग्लै भवनको ब्यवस्था गरिएको छ । ‘विश्वविद्यालय अध्ययनका लागि कतै भौतारिनु नपर्ने गुणस्तरीय शिक्षाको थलो बनाउने प्रयास हो ।’ कलेजका प्रिन्सिपल कृष्ण डोटेल भन्छन्, ‘लर्निङ म्यानेजमेन्ट सिस्टम अपनाउने पहिलो कलेज हो ।’ यहाँ अध्ययनरत विद्यार्थीको गतिविधि, अध्ययन, परिक्षाको नतिजा, चारित्रिक प्रमाणपत्रको अभिलेख, दैनिक हाजिरीको अभिलेख, विद्यार्थीका शैक्षिक सूचनाको अभिलेख राख्ने गरिन्छ ।

नेपालयमा इ–लाइब्रेरीको सुविधा छ । यसबाहेक विद्यार्थीहरुले किताब घर लैजाने सुविधा पनि छ ।
‘नेपालयलाई कस्तो बनाउने लक्ष्य छ ?’

‘प्रयोगात्मक शिक्षामा जोड, दिर्घकालिन अनलाइन लाइब्रेरी सुबिधा सहितको अन्तक्रियात्मक सिकाइलाई जोड दिने ।’ प्रिन्सिपल डोटेलले भने ।

नेपालय कलेजका प्रिन्सिपल कृष्ण डाेटेल

यस कलेजमा अध्ययन पूरा गरेर गएका विद्यार्थीहरु एफवान सफ्ट, इवे जस्ता स्वदेश तथा विदेशका प्रतिष्ठत कम्पनीहरुमा कार्यरत छन् ।

नेपालमा विद्यार्थीहरुले कुन–कुन विषय रोज्न सक्छन् ?
विज्ञान र ब्यवस्थापन
उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार सहित पूर्ण छात्रबृत्तिको ब्यवस्था
‘प्लस टु’पछि विज्ञान र ब्यबस्थापनका लागि नेपालय को पठनपाठन राम्रो छ । यहाँ अत्याधुनिक, सुविधासम्पन्न प्रयोगशाला छ । कक्षा १२ को अध्ययनकै सिलसिलामा प्रयोगात्मक सिकाइ सँगैसँगै मेडिकल, इन्जिनियरिङ, आइटी, नर्सिङ तथा अन्य प्राविधिक विषय अध्ययन गर्न प्रवेश परिक्षा तयारीका आधारभुत कक्षाहरु सञ्चालन गरिन्छ । बाहिरका इन्सिट्च्युटमा भन्दा यस कलेजमा निकै सस्तो र सुलभ मुल्यमा यि कोर्षहरु पढ्न सकिन्छ ।

प्रत्येक प्रथम र तेस्रो शुक्रबार पढाईका अतिरिक्त क्रियाकलापहरु विशेष प्राथमिकताका साथ सञ्चालन गरिन्छन् । कलेजले प्रयोगात्मक शिक्षण सिकाइका लागि फिल्ड भिजिट पनि गराईंदै आएको छ । हरेक माघ महिनामा विज्ञान प्रदर्शनी गरिन्छ । आफ्नै विद्यार्थीहरुले गरेका विज्ञान प्रविधिसँग सम्बन्धित आविष्कारहरुलाई समेटेर प्रदर्शनी गरिन्छ । ति मध्येबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार सहित पूर्ण छात्रबृत्तिको ब्यवस्था गरिएको छ ।

ब्यवस्थापन अन्तर्गत

विदेश जान चाहनेहरुलाई उपयुक्त सल्लाह तथा परामर्श
ब्यवस्थापन संकायअन्तर्गत ट्राभल एण्ड टुरिज्म, होटल म्यानेजमेन्ट, बिज्नेस स्टडिज, कम्प्युटर साइन्स पढाई हुन्छ । प्रत्येक विषयको अध्ययन एक अर्कासँग अन्तर सम्बन्धित गरि प्रयोगात्मक शिक्षण सिकाईमा जोड दिइन्छ ।

ट्राभल एण्ड टुरिज्म, होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले कलेजमै दुई–दुई महिनामा फुड् फेस्टिभल आयोजना गर्ने गर्छन् । त्यसको संयोजन र ब्यवस्थापन कलेजले गर्दै आएको छ । कार्यक्रमको आयोजना गर्दाको सम्पूर्णको कार्यको विवरण कम्प्युटर साइन्स पढ्ने विद्यार्थीहरुले रेकर्ड राख्छन् । ‘बिज्नेस स्टडिज’ अध्ययन गर्नेहरुले सो कार्यक्रमको लागत, खर्च, नाफा नोक्सान, कमी कमजोरीको अध्ययन गरी रिपोर्ट तयार गर्छन् । जसले गर्दा सबै विषय अध्ययन गर्नेहरुले अध्ययनसँगै ब्यवहारिक ज्ञान पाउँछन् ।

ट्राभल एण्ड टुरिज्म, होटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरुलाई नेपालका फाइभ स्टार होटेलमा वरिष्ठ पदमा कार्यरत अनुभवि व्यक्तिहरुले अध्यापन गराउँछन् । साथै ११ र १२ कक्षामा २-२ हप्तामा ब्यवस्थित किसिमको तालिम पनि प्रदान गरिन्छ । र त्यसको बेग्लै सर्टिफिकेट मिल्छ । उत्कृष्ट विद्यार्थीहरुलाई कलेजको पहलमा कक्षा ११ र १२ कक्षामै होटल तथा रेस्टुराँमा काम गर्ने अवसर उपलब्ध गराईन्छ ।

कक्षा १२ सुरु हुनु पूर्व कलेजले विज्ञ, प्राविधिक र सम्बन्धित क्षेत्रका विज्ञहरुलाई बोलाइ विश्वविद्यालयमा उच्च तहका विषयहरुको अध्ययनबारे अन्तरक्रिया, सुझाब, उपलब्ध गराउने हेतुले विभिन्न कार्यक्रमको आयोजना गर्छ । संगसँगै विदेश जान चाहनेहरुलाई कुन देश, कुन विषय पढ्न उपयुक्त हुन्छ भन्ने विषयमा सल्लाह तथा परामर्श दिइन्छ । उनीहरुलाई रुची, क्षमता, आर्थिक अवस्थाका आधारमा परामर्श दिइन्छ । जसले गर्दा विषय, पेशा र अध्ययनको लागि पुग्ने गन्तब्य रोजाईबारे सही जानकारी मिल्छ ।

स्कुल अफ आइटी
गुणस्तरीय शिक्षा लिन चाहनेलाई स्वदेशमै विदेश स्तरको अध्ययन

सूचना प्रविधी तथा कम्प्युटर विज्ञानमा स्वदेशमै विदेशी विश्वविद्यालयकाे स्तरको शिक्षा लिन चाहनेकाे भाेक नेपालयले मेटाईदिन्छ । यो त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो । जहाँ बिएस्सी सिएसआइटी, बिसीए तहको पढाई हुन्छ ।

यहाँ आइटीको पढाईमा शत प्रतिशत इन्टर्नसिप गराईन्छ । त्यसका लागि अतिरिक्त शुल्क पनि लिईंदैन । हरेक सेमेस्टरमा नियमित पढाई बाहेक अतिरिक्त सीपमुलक तालिम प्रदान गरिन्छ । सातौं सेमेस्टरपछि निजी कम्पनीमा इन्टर्न गर्ने प्रबन्ध मिलाईन्छ ।

कानून
नेपालयमा कक्षा ११ र १२ मा २०७० सालदेखी कानून पढाउन थालिएकाे हाे । आधारभूत कानूनी ज्ञानका लागि आवश्यक शिक्षा प्रदान गर्न ११ र १२ मा कानून पढाई हुन्छ । कानून विषय ब्यवहारिक र प्रयोगात्मक विषय हो । सैद्धान्तिक ज्ञानलाई विद्यार्थीमाझ साक्षात्ककार गराउँन नियमित रुपमा अड्डा, अदालत, ल फर्म तथा बिभिन्न सरकारी र निजी कार्यालयहरुसँग परामर्श र अन्तरक्रिया लागि भ्रमण गराईन्छ ।

आमसञ्चार तथा पत्रकारिता
नेपालयमा कक्षा ११ र १२ मा आमसञ्चार तथा पत्रकारिता विषयको पनि पढाई हुन्छ । यस संकाय अन्तरगत विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानबाहेक प्रयोगात्मक विधिबाट अध्ययन, अध्यापन गराईन्छ । केही महिनाको अन्तरमा विद्यार्थीहरूलाई विभिन्न मिडिया हाउसको भ्रमण गराईन्छ । आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले अनलाइन मिडिया सुरू गर्ने तयारी गरेकाे छ ।

अनलाइन तथा अफलाइन लाइब्रेरी
नेपालय कलेजको अनलाइन लाइब्रेरीमा १ लाख बढी पुस्तक उपलब्ध छन् । यस्तै कोर्ष भित्र तथा बाहिरका ५० हजार जति पुस्तक छन् । पुस्तकालयको सेवा निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ ।

कम्प्युटर ल्याब
पछिल्लो अपडेटेट जेनेरेसनका कम्प्युटरहरु राखिएको अत्याधुनिक कम्प्युटर ल्याब छ । आवश्यकता अनुसार विद्यार्थीहरुले कम्प्युटर ल्याबको प्रयोग गर्न सक्छन् ।

खेलकुद सधैँ अगाडी
नेपालयमा पब्जी, बास्केटबल, फुटसल, म्याराथन लगायत बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिन्छ । यहाँ विभिन्न क्लबहरु छन्, सोसल क्लब, लिट्रेचर, लियो, स्पोटर्स, साइन्स एण्ड टेक्नोलोजी, इनोभेसन, लिडर्स, आर्ट एण्ड कल्चरका आ–आफ्नै क्लबहरु छन् । जसमार्फत विभिन्न कार्यक्रमहरुको आयोजना गरिन्छ ।

नेपालमा खोलिएका सबै क्लबका प्रेसिडेन्टहरुलाई समेटेर लिडर्स क्लब गठन गरिएको छ । यस क्लबले कार्यक्रम सञ्चालन, नेतृत्वदायी भूमिकाको तालिम, क्लबहरुबिच अन्र्तक्रिया, कलेज ब्यवस्थापन र सञ्चालनमा देखेका सबल र दुर्बल पक्षहरुको अध्ययन गर्छ । कलेज ब्यवस्थापन समूहसँग साक्षात्कार गराउने कार्यक्रम गर्दै आएको छ ।

हरेक वर्षको साउन महिनामा क्लबको मेम्बरसीप खुला गरिन्छ । क्लबको आचारसंहिता र प्रोटोकल बनाईन्छ । साथै नियम पालना नगर्ने, योजना कार्यान्वयन पूरा गर्न नसक्ने क्लबका सदस्यहरुको सदस्यता खारेजी र नयाँ सदस्यता वितरण गर्ने गरिन्छ ।

हरेक त्रैमासिक अगाडी विद्यार्थीको मूल्यांकन फारम शिक्षकबाट र शिक्षकको मूल्यांकन फारम विद्यार्थीबाट भरिन्छ । साथै शिक्षण सिकाइलाई ब्यवस्थित गर्न एकेडेमिक लक बुकको ब्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया