सोमबार, वैशाख ३१, २०८१

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी

मेरोन्यूज २०८० साउन १६ गते ८:२९

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

Advertisement

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

सर्वोच्चमा हाल बहाल रहेका १४ न्यायाधीशमध्ये पहिलो नम्बरमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, दोस्रोमा ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहित ८ न्यायाधीश छन् । परिषद्ले यिनैमध्येबाट एक जनाको नाम सिफारिस गर्नेछ ।

संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर प्रधानन्यायाधीशले अवकाश पाउने ४ दिनअघि बल्ल संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।​

प्रतिक्रिया