बुधबार, जेठ २, २०८१

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्याे

मेरोन्यूज २०८० साउन १४ गते १३:४०

बुटवल । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।

Advertisement

सडकमा सवारीको लाइन लामो भएपछि केही समय अघिबाट एकतर्फी यातायात सवारी सञ्चालन गरिएको दोभान प्रहरी चौकीले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान ड्यामसाइड क्षेत्रमा ढुंगा र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोले सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश विन्दुको रिबमा क्षतिसमेत पुर्‍याएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

सडक खुलेसँगै बिहानैदेखि सडकमा अलपत्र परेको यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । पहिरो हटाउने काम भने अझै बाँकी नै रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया