बुधबार, जेठ २, २०८१

झापामा भारी वर्षा, उच्च सतर्कता अपनाउन सुझाव

मेरोन्यूज २०८० साउन १४ गते ७:४२

काठमाडौं । झापामा आइतबार बिहान भारी वर्षा भएको छ ।

Advertisement

झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागले आज बिहान पौने ५ बजे सूचना जारी गरी भनेको छ, ‘झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ। सो क्षेत्र भई बहने ससाना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाऔँ।’

प्रतिक्रिया