बिहीबार, जेठ ३, २०८१

पहिरोले मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

मेरोन्यूज २०८० साउन १३ गते ८:२०

चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पहिरो खसेपछि पुन: अवरुद्ध भएको छ ।

Advertisement

बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

गए राति १ बजे पहिरोले सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान केही समय सञ्चालन भए पनि पुन: अवरुद्ध भएको छ ।

प्रतिक्रिया