शुक्रबार, जेठ ४, २०८१

निर्मल पूर्जाको विश्व रेकर्ड नर्वेजियन नागरिक हरिला र शेर्पाले तोडे

मेरोन्यूज २०८० साउन ११ गते १४:४४

काठमाडौँ । नेपाली मूलका आरोही निर्मल पुर्जाले ७ महिनाभित्र विश्वका १४ वटा ८ हजार मिटर अग्ला हिमाल चढेर बनाएको विश्वरेकर्ड तोडिएको छ।

Advertisement

म्याग्दीमा जन्मिएका निर्मलले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल ७ महिनाभित्र चढेर २०७६ कात्तिकमा बनाएको विश्वव कीर्तिमान नर्वेजियन हिम आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जिन ल्हामा शेर्पाले बिहीबार तोडेका हुन्।

नर्वेकी आरोही हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका हुन् ।

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक ८,६११ मिटर) को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ ।

हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरेको कम्पनीले जनाएको छ । उनीहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेका कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिए ।

यसअघि आरोही निर्मल पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेका थिए ।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेकी छन् ।

प्रतिक्रिया