आइतबार, जेठ ६, २०८१

हेर्नुहाेस् तपाईंको आजकाे राशिफल

मेरोन्यूज २०८० साउन ९ गते ७:३५

काठमाडाैं । आज साउन ९ गते मंगलबार । अधिक साउन शुक्ल सप्तमी । जुलाइ २५ तारिख २०२३ ।  

Advertisement

थाहा पाउनुहाेस् तपाइकाे राशिफल :

मेष- आज आफ्नो क्षमता र कार्य क्षमता जागृत गर्ने अवसर मिल्नेछ। यात्रा सम्बन्धी केही योग पनि बन्ने दखिन्छ ।
केही व्यक्तिले तपाईको काममा बाधा पु¥याउन सक्छन्, सतर्क रहनुहोस् ।

वृष- व्यक्तिगत मामिलामा रोकिएका काम बन्नेछन् र व्यक्तित्वमा पनि निखार आउनेछ। केही व्यक्तिहरूले तपाईंको भावनाको अनुचित फाइदा पनि लिन सक्छन्। विद्यार्थी र युवाहरू आफ्नो पढाइ र पेशाप्रति सचेत हुनुपर्छ।

मिथुन- पैतृक सम्पत्तिसँग जोडिएको मामिला समाधान हुने सम्भावना छ । सरकारी काममा पनि उच्च अधिकारीको सहयोग रहनेछ।

कर्कट- अनुभवी व्यक्तिहरूसँगको भेटघाटको अवसर मिल्नेछ। विदेश जाने प्रयासमा कार्य सम्पन्न हुन सक्छ। आज कुनै पनि बहुमूल्य वस्तु खरिद गर्न राम्राे समय छ । कसैको गलत सल्लाहले तपाईको लक्ष्यबाट विचलित हुन सक्ने भएकाले आफैमा बिश्वास राख्नु उचीत हुनेछ ।

सिंह- आजकाे दिन व्यस्त रहनेछ। तपाईंको संवादी स्वरले अरूलाई प्रभावित गर्नेछ । आर्थिक तथा व्यापारिक मामिलामा पनि सफलता हासिल हुनेछ। घरमा कुनै शुभ कार्यसँग सम्बन्धित योजना बन्नेछ।

कन्या- रोकिएको धन पाउन सकिनेछ । यदि कुनै सरकारी कार्यवाही चलिरहेको छ भने, निर्णय तपाइँको पक्षमा हुन सक्छ।
हतारमा कुनै निर्णय नगर्नुहोस्।

तुला- सामाजिक कार्यमा तपाईको योगदानले तपाईले मानसिक शान्ति महशुस गर्नुहुनेछ । लामो समयदेखि रोकिएको काम पनि आज गतिमा आउनेछ। समस्याबाट नडराउनुहोस् र कुनै योजना कार्यान्वयन गर्नु अघि राम्ररी सोच्नुहोस्।

वृश्चिक- दिनको सुरुवात सुखद् अनुभवले हुनेछ । विशेष कार्यमा कडा परिश्रम गर्नुहुनेछ र सफलता मिल्नेछ। रोकिएको आम्दानीको स्रोत पनि फेरि सुरु हुन सक्छ।

धनु- वरिष्ठ व्यक्तिको सल्लाह र मार्गदर्शनले उपलब्धि हातमा आउनेछ । कहिँ पनि कुरा गर्दा सन्तुलित र व्यवस्थित हुनुहोस्। नत्र भावनामा आएर गलत निर्णय लिन सक्नेछ ।

मकर- पुराना मतभेद र गलतीलाई समयमै समाधान गर्नाले ठूलाे समस्याबाट बच्न सकिन्छ । व्यावसायिक अध्ययनको लागि प्रयास गर्ने विद्यार्थीहरूको लागि सफलताको सम्भावना छ। मध्यान्हपछि परिस्थितिमा केही प्रतिकूलता रहनेछ । अपरिचित व्यक्तिहरूसँग सम्बन्ध नबनाउनुहोस्।

कुम्भ- आज तपाईको सपना र महत्वाकांक्षालाई साकार पार्ने दिन हो । त्यसैले पूर्ण रुपमा आफ्नो काममा समर्पित हुनुहोस्। रोकिएका सरकारी काम आज पूरा हुनेछन्। त्यसैले आफ्नो पूर्ण ध्यान त्यसमा केन्द्रित गर्नुहोस्।

मीन- विद्यार्थीको पढाइ वा करियरसँग सम्बन्धित कुनै समस्या समाधान हुनेछ। पैतृक सम्पत्ति सम्बन्धी विवाद भए सजिलै समाधान हुनेछ। कुनै यात्राको योजना छ भने आजका लागि स्थगित गर्नु उचित हुनेछ।

प्रतिक्रिया