शनिबार, वैशाख १५, २०८१

मस्कले गरे ट्विटरको लोगो परिवर्तन, अब निलो चराको ठाँउमा ‘एक्स’

मेरोन्यूज २०८० साउन ९ गते ७:०७

काठमाडौं। एलन मस्कले ट्विटरको लोगो फेरेका छन् । मस्कले ट्विटरको नयाँ लोगोमा अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन् । यसअघि, ट्विटरको लोगोमा ‘निलो चरा’ थियो ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर ‘एक्स’ देखिन्छ ।

मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गरेका थिए । उनले ‘निलो चरा’को ठाउँमा ‘कुकुर’ अंकित लोगो राखेका थिए थिए । तर, व्यापक विरोधका कमेन्टहरू आउन थालेपछि उक्त लोगो हटाएर पुनस् चराकै लोगो राखेका थिए।

मस्कले गत अक्टुबरमा ट्विटर किनेका थिए। यसपछि उनले एकपछि अर्को परिवर्तन गर्दै आइरहेका छन्।

प्रतिक्रिया