सोमबार, जेठ ७, २०८१

विस्तारै फैलिँदै डेंगु, सबैभन्दा धेरै धरानमा संक्रमण पुष्टि

मेरोन्यूज २०८० साउन ६ गते १५:४६

काठमाडौँ । पछिल्लो एक महिनायता धरानमा डेंगी संक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा करिब दुई हजार जना संक्रमित भएका छन् ।

Advertisement

जेठ तेस्रो सातायता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत चार जनाको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

अस्पतालमा बिरामी थपिँदै गएपछि प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ ।

महाशाखाको तथ्यांकअनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढी संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै धरानमा रहेको महाशाखाले जनाएको छ ।

हालसम्म सुनसरीमा सबैभन्दा धेरै एक हजार ५७१, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ ।

यस्तै काठमाडौँमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५, झापामा ३२ जना डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको छ ।

डेंगु संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया