सोमबार, जेठ ७, २०८१

‘आमा सीता दाहाल तपाईंको मृत्युले टुहुरा भएका छाैँ’

मानसिंह विश्वकर्मा २०८० असार ३० गते ९:१४

मानिस जन्मेपछि मत्यु अनिवार्य हो । यो विज्ञानको नियमलाई स्वीकार नै पर्दछ । मानिसको जन्म हुँदा कसरी भयो ? भन्ने विषयमा धेरै चर्चा हुँदैन । तर, मृत्युवरण गर्ने बेला कसरी भयो ? भन्ने विषयले धेरै चर्चा पाउने गर्दछ । अर्थात जन्मदा मानिसले धेरै सपना वोकेर आएपनि त्यसमा छलफल हुँदैन तर पनि जीवनको अन्त्यपछि समग्र विषयको चर्चा हुन्छ । सानै देखि विद्रोही र मिलनसार स्वभावको नेपाल र नेपालीको परिवर्तनका लागि श्रेद्धय महान नारी सीता दाहालको मृत्युको उचाईले सीताले गरेको योगदानहरु सबै मानव समुदायको सामू छर्लङ्ग भएको छ । उहाँको जीवनका हरेक पाटा पक्षहरुलाई केलाउन र उहाँले गर्नुभएको योगदानलाई बारेमासंक्षिप्त संक्षिप्त यो शब्दमा त पुरा हुँदैन तर पनि सीता दाहाललाई करिव मैले २०५७ सालमा कुरेलीको सर्सुवारीमा सम्पन्न केन्द्रीय समितिको महाधिवेशनमा भौतिक रुपमा देखियो । सीता दाहालको जीवनका विरगाथाहरु खोजियो र पढियो ।

Advertisement
मानसिंह विश्वकर्मा

यतिबेला उहाँ रोल्पाको घर्तीगाउँ लोसेबाङ, इरिबाङका जुरेली पोष्ट, गैरीगाउँको दुम्ला बैठक लगायतको उहाँको भौतिक भेटमा सामान्य र सरल विचार र निष्ठाको आमालाई मैले मेरा भावनात्मक र बैचारिक रुपमा सृजित शब्दहरुलाई उहाँको लागि लेख्न कोशिस गर्दै छु । उहाँको मृत्युको खबरले कलमहरु चल्दै चलेका छैनन् । तर लेख्ने कोशिष गर्दैछु । आज हामी तपाईको मृत्यको खवरले हामी टुहुरा भएका छाैँ ।

क्रान्तिका महान् क. सीता दाहालको बाल्यकाल
सुन्दर र रमणीय जिल्ला कास्की पोखराको हेम्जमा वि.सं. २०११ असार २१ गतेका दिन आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनुभएको थियो । सामान्य किसान परिवारमा जन्मिुभएका सीता दाहालको सापेक्ष रुपमा सकरात्मक रुपमा वितेको थियो । उहाँले आफूले चाहेको जस्तो शिक्षा आर्जन गर्नका लागि विभिन्न समस्याका बापजुत अपेक्षाकृत शिक्षा हासिल गर्न पाउनु भएको थियाे । सानै उमेरदेखि नै अन्याय अत्यचारको विरुद्धमा धावा बोल्दै विद्यार्थी जीवनमा पनि शिक्षकहरुसँग पनि बोल्न नडराउने र गाउँका गरिव, दुखि किसानहरुको सधै पक्षपातीमा काम गर्ने दहालले विद्रोही चेतनाको विकास बाल्यकालमै भएको थियो ।
बाल्यकालमा नै निर्धाको सधै पक्ष लिएर बोल्ने दाहालले सत्यले सधै विजय प्राप्त गर्ने सिद्धान्तबाट प्रेरित हुँदै सधै सत्य, न्यायको पक्षमा उभिनु हुन्थ्यो । आवाज विहीनहरुको गरिवहरुको पक्षमा उभिदै अगाडि बढ्नुभयो । कम्युनिष्ट पार्टीको विभिन्न भातृ संगठनमा आवद्ध हुनुभयो ।

प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डसँगको विवाह
परिवर्तनको पक्षमा उभिन मन पराउने सीता दाहाललाई प्रचण्डसँग विवाह गर्छु होला भन्ने नलागेको उहाँका विभिन्न अन्तरवार्ता बोलीहरुमा सुन्न पाइन्थ्यो । आफन्तको साइनो भएपनि प्रचण्डले चलाएको कम्युनिष्टहरुलाई संगठन गर्ने, विद्यार्थी राजनीतिमा सक्रिय भएकै कारणले अन्याय अत्यचारको विरुद्धमा एक हुने सैद्धान्तिक विचार, भावनाको मिलनको उत्कर्ष स्वरुप वि.स. २०२६ सालमा कमरेड प्रचण्डसँग विवाह भएको थियो । प्रचण्ड दाहालसंग विवाह भएपछि अझै कम्युनिष्ट विचार, सिद्धान्तको अध्ययन गर्ने मौका मिलेको थियो । तर उहाँलाई सैद्धान्तिक भन्दा पनि कम्युनिष्टहरु जनताको सेवक बन्नु पर्दछ, जनतालाई जहिले पनि सर्वाेपरी थान्नुन पर्दछ, अन्याय र अत्यचारमा थिचोमिचो भएका मासिहरुलाई न्याय, मुक्ति प्रदान गर्नु पर्दछ भन्ने भावनाले ओतप्रोत हुनु हुन्थ्यो ।

वि.स. २०११ सालमा जन्मिनु भएका सीता दाहालले कलिलो उमेरमा १५ वर्षको उमेरमै २०२६ सालमा प्रचण्डसंग विवाह गर्नुभयो । छोरीहरु धेरै पद्दैनन् भन्ने पितसत्तात्मक एवं सामाजिक सँस्कार अनुसार कलिलो उमेरमा विवाह गर्नुभयो । विवाह गरेपश्चात सीता दाहाल र प्रचण्डबाट ३ छोरी ज्ञानु दाहाल, रेणु दाहाल र गंगा दाहाल हुनुहुन्छ भने छोरा पकाश दाहाल हुनुहुन्थ्यो । जेठी छोरी ज्ञानु दाहालको क्यान्सर रोगका कारणले मृत्यु भयो भने छोरा प्रकाशको पनि हृदयघाटका कारणले मृत्यु भई सकेको छ । हाल माइली छोरी रेणु दाहाल र गंगा दाहाल मात्रै हुनुहुन्छ । जो उहाँहरुलाई तीव्र दमनको अवस्थामा पार्टीमा सम्पूर्ण परिवारलाई क्रान्तिमा होम्ने आमा । जो शाहस गर्नुभयो । जो आज पनि नेपाली क्रान्तिको शिक्षा बनेको छ ।

दाहालको राजनीतिमा आवद्धता
कलिलो युवा उमेरदेखि नै परिवर्तन, गरिव, दुखिलाई न्याय दिनु पर्दछ भन्ने मान्यताको उच्च विचार राख्ने सीता दाहाल वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध हुनुभयो । उहाँको जीवनमा कहिल्यै पनि पदको लागि दावी गर्नुभएन बरु आई परेको जिम्मेवारीलाई कुशलता पूर्वक र इमान्दारीता पूर्वक सम्पादन गर्नुभयो । उहाँले पार्टीको महिला, युवाको मोर्चाहरु सम्माल्नु भएको थियो । उहाँले पञ्चायत विरोधी अभियान, प्रजातन्त्र प्राप्तीको आन्दोलन लगायतका परिवर्तनकारी आन्दोलनमा आफू सहभागी हुने र प्रचण्डलाई सहभागी बनाउने काममा बढी भुमिका खेल्नुभएको थियो । वि.स. २०५२ सालमा क. प्रचण्डको नेतृत्वमा महान जनयुद्ध शुरुवात भएको थियो । उहाँ पनि प्रचण्डसँग भूमिगत रुपमा तत्कालिन् जनयुद्धमा सहभागी हुनुभयो ।

प्रचण्ड नै जनयुद्धको सर्वाेच्च कमाण्डर भएपछि सीता दाहाल पनि घर बस्ने वातावरण पनि निर्माण हुन सकेन तत्कालीन् राज्यपक्षबाट दमन तीव्र पारेपछि आफूसँगै सिंगो परिवार नै पार्टी क्रान्तिमा लामबद्ध हुनुभएको थियाे । तत्कालीन नेकपा (माओवादी) पार्टीको जिल्ला, क्षेत्र, केन्द्रका विभिन्न जिम्मेवारीमा रहनुभएको थियो । तत्कालीन जनयुद्धकालमा पनि पार्टीको केन्द्रीय हेडक्वाटरमा रहेर पार्टी हेडक्वाटरलाई सहयोग गर्नुभएको थियो । जनयुद्धकालमा माओवादी हेडक्वाटरको व्यवस्थापनको हिसावले निकै योगदान गर्नुभएको थियो । उहाँले पार्टीले दिएको जिम्मेवारीलाइ पूरा गर्नुभयो । हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

पार्टी कामका लागि पंचायतीकालमा लामो समय भूमिगत जीवन विताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । तत्कालीन नेकपा (माओवादी) वर्तमानको नेकपा (माओवादी केन्द) निर्माणमा एउटा आमाको भूमिका निर्वाह गरेको अन्तिम चाहाना माओवादी आन्दोलन एकीकृत भएको देशमा सम्पूर्ण विभेद अन्त्य भएको हेर्न चाहने इच्छा भएको पटक पटक व्यक्त गर्नुभएको थियो ।

विवाद रहित प्रथम परिवर्तनकारी महिला
नेपाली राजनीतिमा लागेका वा आफ्ना श्रीमानहरु पदमा पुगेका श्रीमतिहरु धेरै विवादमा आएपछि सीता भने निर्विवाद पात्र हुन् । यदी चाहेको भए प्रचण्डलाई युद्धबाट हात झिक्न सकाउने, वा जनयुद्धलाई सेटब्रेक गर्ने सक्ने, अथवा शान्तिकालमा पनि सुविधा र पद मागेको भए असम्भव भन्ने थिएन । तर त्यो सपना कहिल्यै देख्नु भएन । कम बोल्ने, आवश्यकतामात्रै बोल्ने, संकटको बेलामा कहिल्यै पनि आवेगमा नआउने उहाँको स्वभाव जनयुद्धकाल र शान्तिकालमा नि रह्यो । प्रचण्ड प्रधानमन्त्री हुँदा वा पार्टी अध्यक्ष हुदाँ प्रचण्डलाई सघाउने तर संकट आई पर्दा समाधान गर्ने एउटा सल्लाहकारको रुपमा नै रहनुभएको थियो । त्यसैले उहाँलाई निर्विवाद पात्रको रुपमा चित्रण गएिको छ । यही नै उहाँको लागि निकै महत्पूर्ण सम्पत्ति हो । यही सम्पत्तिका कारण आज उहाँ मृत्युवरण भएको छ । यो उहाँको प्रथम महिलाको गौरवमय मृत्यु भएको छ । निर्विवाद हाम्रो क्रान्तिको आमा ।

रोल्पा र सीता दाहाल
परिवर्तन अर्थात परिवर्तकारी आन्दोलनका सच्चा आमा वर्गसंघर्षदेखि नै रोल्पा जिल्लामा आउने समय अनुकुल नभएकोले जनयुद्ध शुरुवातदेखि निरन्तर रोल्पामा आउनुभएको थियो । माओवादी पार्टीको हेडक्वार अर्थात केन्द्रीय कार्यालय रोल्पामा रहेको बेलामामा जनयुद्धका सर्वेच्च कमाण्डरसँग रोल्पामा निरन्तर आई रहनुुभएको थियो । जनयुद्धकालमा रोल्पा जिल्लाको थबाङ, जेलबाङ, इरीबाङ, घर्तीगाउँ, राङ्सी, कोर्चाबाङ, गाम लगायत रोल्पा जिल्लाको अधिकाशं भुुभागहरुमा जनयुद्धकालमा बसोबास गर्नुभएको थियो । रोल्पासँग दाहालको विचार, दर्शन,भावनात्मक रुपमा सम्बन्ध प्रघात रहेको थियो ।

विरामीका कारणः
परिवर्तनकारी आन्दोलनमा भोक, प्यास, निद्राको कुनै प्रवाह नगरी जनयुद्ध,जनआन्दोलनमा लाग्नु भएकोले त्यस ताका विभिन्न समस्याहरुको कारणले पनिहरु निरन्तर ग्रसित बन्नुभयो । पछिल्लोसमय उहाँ पाविर्कन्सन ९एक्ए० जस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थियो । सोही रोगका कारणले २०८० साल असार २७ गते बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौँमा असामयीक निधन भएको थियो । सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने कार्यक्रम गरिएको थियो ।

पार्टीले उहाँको योगदानको सम्मान
परिवर्तनका लागि निरन्तर लड्ने र सहभागी हुनुभएका सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ । उहाँको निधनमा पार्टीका महासचिव देव गुरुङद्वारा जारी शोक बक्तव्यमा भनिएकोः–“उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पु¥याउनुभएको छ । सिद्धान्तप्रतिको निष्ठा, वर्गीय मित्रता, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असिमीत समपर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनु हुनेछ ।” “कमरेड सीता दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिंगो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड प्रचण्ड लगायत सिंगो परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा हार्दिक अपील गर्दछौँ ।” भनिएको छ ।

क्रान्तिका आमा सीता दाहालको आफ्नै परिचय प्रर्याप्त
परिवर्तन, न्याय, क्रान्तिको पक्षमा सधै लागि रहने सीता दाहाल निन्तर पञ्चायत विरोधी, बहुदल प्राप्तको आन्दोलनमा निरन्तर लाग्नुभएको थियो । नेपाली राजनीतिमा उहाँको प्रचण्डको श्रीमति भएर मात्रै होइन, यो आमूल परिवर्तका लागि निरन्तर अरोहरात्र लड्ने एक सहभागी महिला हुनुहुन्छ । नेपाली क्रान्तिका नायक प्रचण्डलाई बनाउँदा कति समय, परिश्रम गर्नुभयो होला त्यसैले प्रचण्डको श्रीमति होइन नेपाली जनयुद्धलाई बचाउने आमा हुनु हुन्छ । संकटको बेलामा कहिल्यै पनि विचलित नभई जलजला पहाड र सगरमाथा झै अडिग भई क्रान्तिलाई सफल गराउने एक महान योद्धाको रुपमा रहँदै हाल केन्द्रीय सल्लाहकारको रुपमा हुनुहुन्थ्यो । त्यसैले आफ्नै पहिचान योगदानलाई क्रान्तिका आमा सीता दाहाल । आफ्नै परिचय छ । परिवर्तन र जनयुद्धको आन्दोदलनमा क्रान्तिका आमाको आफ्नै परिचय पर्याप्त छ । जो आफैमा पूर्ण छ ।

राष्ट्रिय सम्मानका साथ अन्टेष्टी
परिवर्तनका लागि लड्ने प्रथम महिलाको रुपमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । राष्ट्रिय सम्मानमा जनसागर उर्लियो, सबै उत्पीडित समुदायहरु दुखित बनेका छन् । उहाँको निधनले जनताहरु भौतिक रुपमै सम्वेदना दिए, सामाजिक सञ्जालहरुमा सम्मेदना तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् । उहाँको मृत्यमा उर्लिएको जनसागरले के पुष्टि गरेको छ भने साँच्चिकै क्रान्तिका आमा सीता दाहाल हुन् भन्ने कुरा छलङ्ग भएको छ ।

सीता दाहाल

हाम्रो अभिभारा
क्रान्ति र परिवर्तनका आमा सीता दाहाल व्यक्तिगत रुपमा निर्माण भएका होइनन् । जो पहिचान बनेको छ नेपाली क्रान्तिकोले निर्माण गरेको परिचय हो सीता दाहाल । जनयुद्धलाई ब्रेक गर्न सक्नु हुन्थ्यो । कयौ राष्ट्रिय लिडरका नेताहरुको श्रीमतिहरुले गरेका काम आज जनतासामू पचेको छैन । तर सीता दाहालले क्रान्तिलाई हुर्काउनु भयो त्यसैले सीता दाहाल क्रान्तिको सपना हो । उहाँले देख्नु भएको वर्ग, क्षेत्र, लिङ्ग, जातीय विभेदको अन्त्यका लागि लडिएको जनयुद्ध एउटा क्रान्ति थियो । त्यो क्रान्तिका आमा हुनुहुन्छ । त्यसले लिएको सपनाहरु अझै पुरा भएको छैन । परिवर्तनका लागि लड्का महान शहीद, घाइते, अपाङ्ग, बन्दी, बेपत्ता सबैको सपना र सीता दाहालको सपना पुरा भएको छैन । जो आज भौतिक रुपमा छोडेर जानु भएता पनि युगौँ, युगसम्मा बाचिरहनु हुनेछ । तपाइहरुको मृत्यववरणले यो परिवर्तन सम्भव भएको छ ।

क्रान्तिका आमा सीता दाहाल लगायत सबै महान मानिसहरुमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै उहाँहरुले देखेको सन्दर क्षितिज पारीको भविस्य वर्तमानमा देखिदै गरेको छ, ति उपलब्धीहरुलाई भौतिक रुपमै अनुभुति हुने गरी पुरा गर्नका लागि हामी बाँचेका सम्पूर्ण परिवर्तन, क्रान्तिकारी, अग्रगमनकारीहरु भूमिका हुनेछ । हामी अविचलित भई अगाडि बढ्नेछाैँ र हामी प्रण गर्नु सपना एक दुई पुरा गर्नेछाैँ । आमा हामी उत्पीडित वर्ग, श्रमजीवी वर्ग, भोका नाङ्गाहरु टुहुरा बनेका छाैँ । आमा श्रद्धाञ्जली छ । युग, युगसम्म बाच्ने तारा बन्नु भएको छ । सलाम ।
श्रद्धाञ्जली क्रन्तिका आमा सीता दाहाल !!!


– २०८० असार २८ गते

प्रतिक्रिया