शनिबार, जेठ ५, २०८१

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

मेरोन्यूज २०८० असार २९ गते १३:१०

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’लाई नेपालले १८० रनको लक्ष्य दिएको छ ।

Advertisement

नेपाल ३७ ओभरमा १७९ रन बनाएर अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाए । कामीले १०० बलमा ७५ रन बनाए ।

उनीबाहेक नेपालका लागि प्रतिश जिसीले २६, गुलशन झाले १३, कुशल मल्लले १७ अर्जुन साउदले १७ र आशिफ शेखले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद वासिमले १० ओभरमा ५१ रन दिएर ४ विकेट लिए । त्यस्तै सहनवाज धानीले १० ओभरमा ३८ रन दिएर ५ विकेट लिए ।

प्रतिक्रिया