शनिबार, जेठ ५, २०८१

पाकिस्तानविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

मेरोन्यूज २०८० असार २९ गते १०:३५

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ रोजेको छ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।

Advertisement

केही केही समय अघिबाट सुरु भएको खेलमा टेस्ट राष्ट्र पाकिस्तानले आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली छन् ।

नेपाली टोलीको कप्तानी रोहित पौडेल र पाकिस्तानको कप्तानी मोहम्मद हारिसले गरिरहेका छन् ।

इमर्जिङ टिम्स एसिया कपको तीन संस्करण खेलेको नेपालले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । नेपालले दुवै पटक हङकङलाई हराएको थियो ।

इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्ने छ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्ने छ ।

समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण प्रवेश गर्ने छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुने छ ।

प्रतिक्रिया