शनिबार, जेठ ५, २०८१

क्रिकेटमा महिला र पुरुषको पुरस्कार बराबर बनाउने आईसीसीको घोषणा

मेरोन्यूज २०८० असार २९ गते ८:४७

काठमाडौं । क्रिकेटमा अब महिला र पुरुषको पुरस्कार राशी बराबर हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनले आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो ।

Advertisement

आईसीसीको यो घोषणासँगै अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता जित्नेले पाउने पुरस्कारको रकम बराबर हुनेछ ।

आईसीसी अध्यक्ष ग्रेग बार्कलेले आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशी पाउने निर्णय भएको बताए ।

अध्यक्ष बार्कलेले पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको बताए ।

अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र यू–१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने छन् ।

प्रतिक्रिया