सोमबार, जेठ ७, २०८१

काठमाडौं महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्ति परीक्षाको आवेदन

मेरोन्यूज २०८० असार २८ गते ८:००

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ ।

Advertisement

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०।०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो ।

महानगरले आज सूचना प्रकाशित गरि आवेदन मागेको हो ।

आवेदन असार २८ गते बिहीबार बिहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइट (entrance.kathmandu.gov.np) मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने महानगरले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया