सोमबार, जेठ ७, २०८१

क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरणको जवाफ

मेरोन्यूज २०८० असार २५ गते १०:४४

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोधेको तीन दिने स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

Advertisement

गत शुक्रबार मन्त्रालयमा कार्यालय समयको अन्तिम घडीमा अधिकारीले स्पष्टीकरणको जवाफ दर्ता गरेका मन्त्री सुदन किरातीले जानकारी दिए ।

मन्त्री किरातीले महानिर्देशक अधिकारीले बुझाएको प्रष्टीकरणबारे अध्ययन भइरहेको जानकारी दिए ।

मन्त्रालय अधिकारीले बुझाएको स्पष्टीकरण चित्त नबुझे थप एक्सनमा जाने तयारीमा छ ।

असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि असार २१ मा तीन दिने स्पष्टीकरण सोधेका थिए ।

पहिलो प्रष्टीकरणको जवाफ नदिएका अधिकारीले दोस्रो प्रष्टीकरणको भने जवाफ दिएका हुन् ।

महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया