शनिबार, जेठ ५, २०८१

इमर्जिङ टिम्स एसिया कप खेल्न जाने क्रिकेट टिमको बिदाइ

मेरोन्यूज २०८० असार २५ गते १०:३१

काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले टिमको बिदाइ गरेको हो ।

Advertisement

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुने खेल खेल्नन टिम आजै श्रीलंका प्रस्थान गर्नेछ ।

नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।

नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् ।

यसअघि टोलीमा समावेश गरिएका आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि पवन सर्राफलाई टिममा राखिएको नेपाली टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले जानकारी दिए ।

रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् ।

प्रतिक्रिया